
वासिङ्गटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेशको पहिलो दिनमा नै कार्यकारी अधिकारी प्रयोग गरी ‘ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी)’ व्यापार सम्झौताबाट फिर्ता हुने बताएका छन् ।निवर्तमान राष्ट्रपति बाराक ओबामाबाट नवनिर्वाचित डोनाल्ड ट्रम्पलाई जनवरी २० का दिनमा गरिने राज्यशक्ति हस्तान्तरणको पहिलो दिनमा नै टिपिपी व्यापार सम्झौताबाट फिर्ता हुने ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै बताएका छन् ।
तत्काल गर्नुपर्ने कार्यमा यो पनि एक भएको ट्रम्पले बताएका छन् । टिपिपी सम्झौता राष्ट्रपति ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्साका रूपमा रहँदै आएको थियो । टिपिपीको नामबाट परिचित यस व्यापार सम्झौतामा विश्वको अर्थतन्त्रको ४० प्रतिशत ओगट्ने र यसमा १२ वटा देशको हस्ताक्षर गरेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले संयुक्त राज्य अमेरिकाको सहभागिता बिनाको टिपिपी अर्थहीन हुने बताएका छन् । जापानी नेताले आबेले बुनोस् एरिसमा समाचारदातालाई एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ लिमामा सहभागी हुन गएका १२ टिपिपीका नेताबीच भएको भेटघाटमा पनि अमेरिका बिनाको टिपिपीमा पर्ने प्रयासको विषयमा केही छलफल नभएको बताएका छन् ।
यो समूहमा चीन नभएका कारण चीनलाई भने यो निर्णयले खुसी तुल्याउने विविसीले जनाएको छ । यस अघि ट्रम्प प्रशासनले चीनविरुद्ध आक्रामक नीति अख्तियार गर्ने तयारी गरिरहेको समाचार सर्वजनिक भएको थियो । एजेन्सी
Top Musics
Tuesday, 22 November 2016