मंसिर ७ गते–
पाराग्वेको सबैभन्दा ठूलो नदी पिक्लेमायो लगभग पूरै सुकेपछि, नदीमा ठूला गाेही तथा माछाका कंकालहरु मात्रै देखिन थालेका छन् ।
झण्डै एक हजार किमी लामो पिक्लेमायो नदी पाराग्वे र अर्जेन्टिनाको सीमा नदी हो । नदीमा लगभग २० प्रतिशत मात्र पानी बचेको छ । नदी सुकेपछि वरपरका मानिसलाई पानीको हाहाकार भएकाे छ ।
नदी सुकेपछि नदी किनाराका दुवैतिरका बस्ती खाली भएका छन् भने मानिसहरू बसाइँ सरेका छन् । नदी सुकेपछि यतिखेर जताततै गोहीको कंकाल मात्र देखिएका छन् । एजेन्सी
Top Musics
Tuesday, 22 November 2016