
दार्चुला। दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा भूकम्प गएको छ।गएराति १०ः३७ बजे ५.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए।
दार्चुला प्रहरी प्रमुख केदार खनालका अानुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो ।
Top Musics
Thursday, 1 December 2016