पोखरा, १७ मंसिर । एक जना वृद्ध महिलाको छोरा छोरीदेखि खनाति खनातिनीसम्म गरी कति सन्तान हुन सक्छन् रु बढीमा ५०, ६०, ७०, ८० । तर, गुल्मी रुरु गाविस–३, च्युरेककी भिमला ज्ञवालीको भने छोरा छोरीदेखि खनाति खनातिनीसम्म गरी एक सय १५ सन्तान छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

एक सय चार वर्षको उमेरसम्म एक सय १५ सन्तान देखेका भिमलाको बिहीबार दिउँसो निधन भएको छ । नाति उपज ज्ञवालीले उनले बोल्दाबोल्दै देह त्याग गरेको बर्ता । भिमलाको बिहीबार नै पवित्र धार्मिकस्थल रिडी, कालीगण्डकी किनारमा अन्त्येष्टी गरिएको छ । शवमा कान्छो छोरा परमानन्दले दागबत्ती दिएका थिए । दीर्घजीवन बाँचेकी ज्ञवाली जिल्लाकै सबैभन्दा पाको उमेरकी थिइन् ।
गुल्मीकै सिमीचौरमा बाबु कलाधर र आमा देवकला गौतमबाट ज्येष्ठ सन्तानको रुपमा भीमलाको १९७० वैशाखमा जन्म भएको थियो । नेपाली नागरिकतामा उनको जन्ममिति १५ वैशाख १९७० रहेको छ । उनले २०७० सालको मातातीर्थ औंसीका दिन १ सय ६ जना सन्तानको साथमा जन्मदिनको सत्वार्षिकीसमेत मनाएकी थिइन् ।
भिमला ज्ञवाली दम्पत्तिका पाँच बहिनी छोरी र दुई भाइ छोराको हाँगोबाट फैलिएका नाति, नातिनी, पनाति, पनातिनी, खनाति र खनातिनी गरी हालसम्म करिब १ सय १५ जना सन्तान छन् ।
उनको जेठो छोरा मुमेश्वरको गत वर्ष र जेठी छोरीको २ वर्षअघि निधन भएको थियोे । भीमलाका भाइ टीकारामले पनि दीर्घजीवन बाँचेका थिए । ५ वर्षअघि ९७ वर्षको उमेरमा टीकारामको निधन भएको थियो । ७६ वर्षीया एक बहिनी मानकुमारी जीवित छन् ।
६ वर्षको कलिलै उमेरमा जयनीधि ज्ञवालीसँग उनको विवाह भएको थियो । ४२ वर्षको हुँदा २०१२ सालमा पति वियोग झेलेकी उनी कान्छो छोरा परमानन्दसँग बस्दै आएकी थिइन् ।
बुढ्यौलीमा पनि उचित स्याहारसुहार, खानपीन एवं सरल तथा शान्त स्वभावले भीमला दीर्घजीवी भएको आफन्त बताउँछन् । पछिल्लो समय आँखाको दृष्टि केही कमजोर रहे पनि उनका कुनै पनि रोग नभएको कान्छी बुहारी उषा सम्झिन्छिन् । उनको सरल स्वभाव र सरल दिनचर्या एवं सकारात्मक सोचाइ सबैको लागि अनुकरणीय रहेको नाति हरि ज्ञवालीले बताए ।
तल आफ्नो प्रतिक्रिया दिनुहोस !
Top Musics
Thursday, 1 December 2016